न्याय पाउन नसेको द्वन्द्वपीडितको गुनासो
barnanmedia.com · Fri Jun 21 22:59:59 UTC 2024

द्वन्द्वपीडितहरुले सङ्क्रमणकालीन न्याय पाउन नसकेको गुनासो गरेका छन् । मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको द्वन्द्वपीडितको मानव अधिकारको अवस्था तथा सङ्क्रमणकालीन न्याय वर्तमान अवस्था, चुनौती तथा कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरुले अहिलेसम्म पनि राज्यबाट न्याय पाउन नसकेको बताएका हुन् ।
भरतपुर महानगरपालिका–१२ की पार्वती खड्काले द्वन्द्वकालमा श्रीमान् गुमाउनुभयो । उहाँ अहिलेसम्म सरकारबाट न्याय पाउन नसकेको गुनासो गर्नुहुन्छ । खड्काले भन्नुभयो “२७ वर्षको उमेरमा श्रीमान् गुमाउन पुगँे । अहिलेसम्म कहीँ कतैबाट न्याय र परिपुरणको व्यवस्था हुनसकेको छैन ।” आयोगहरुले पीडितका पीडा झन बल्झाउने काम गरेको उहाँको गुनासो छ । राज्यपक्षबाट आज्ञफूहरुको माग सुनुवाइ हुन नसकेको खड्काले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)