२ दिनको लगातार खोजीमा बस र यात्रुको खोज उद्धार तीव्र, नतिजा ‘शून्य’
barnanmedia.com · Sat Jul 13 22:07:14 UTC 2024

नारायणगढ मुग्लिन सडक खण्डको सीमलतालमा शुक्रबार बिहान साढे ३ बजे दुई बस लेदोसहितको पहिरोले बगाएकामध्ये अहिलेसम्म दुईजनाको शव भेटिएर पहिचान भएको छ । अर्को एक शव भेटिएपनि दुई बसमध्येका यात्रु हुन् वा होइनन् यकिन हुन सकेको छैन ।
दुर्घटना बिहान झिसमिसेमै भएपनि लगातारको पानी र सडकमा खसेको पहिरोका कारण शुक्रबार बिहान साढे ८ बजेपछि मात्रै गोताखोरसहितको टोलीले खोजी थालेको थियो । रात परेपछि हिजो रोकिएको खोजी तथा उद्धार शनिबार बिहानबाट पुन: सुरू गरियो ।२ दिनको लगातार खोजीमा तीन वटा शव र एउटा बालकले लगाउने सुरुवाल साथै बसको पर्दामात्रै भेटिएको छ । पहिरोले बगाएर त्रिशूलीमा खसेको दुबै बसको यात्रु चलानको आधारमा ५१ जना रहेको चितवन प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)