त्रिपुरेश्वरमा बस आगलागी प्रकरण : गम्भीर घाइते भएका चालकको मृत्यु
annapurnapost.com · Tue Sep 22 02:46:32 GMT 2026

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागि हुनु अगाडि आफूले गल्ती नगरेपनि कारबाही गर्न खोजिएको भन्दै ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)