गुण्डुमा ओली र पोखरेलबीच संवाद, वैठकमा हस्तक्षेप भए स्थिति अप्रिय हुने चेतावनी
kendrabindu.com · Tue Sep 22 03:00:22 GMT 2026

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण प्रक्रियामा हस्तक्षेप गरेपछि महासचिव शंकर पोखरेलसहितका नेताले फेरि पनि त्यसो गरे स्थिति अप्रिय हुने चेतावनी दिएका छन् ।
सोमबार बैठकको उद्घाटन शत्र सकिएपछि ओलीलाई भेट्न पोखरेल भक्तपुर, गुण्डुस्थित उनको घर पुगेका थिए । तीन घण्टा भन्दा लामो कुराकानी गरेर उनी निस्किए । ओलीको सचिवालयले बताएअनुसार कुराकानी एक्लाएक्लै भएको थियो । बेलुकी ७ बजे पुगेका पोखरेल त्यहाँबाट राति १०ः३० मा निस्किएका थिए । त्यसबीचमा सुदूरपश्चिमका केही नेतासँग १५ मिनेट कुराकानीबाहेक पूरै समय अध्यक्ष र महासचिवबीच कुरा भएको सचिवालयका एक सदस्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)