न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट
khabarhub.com · Tue Sep 22 03:00:56 GMT 2026

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच भेटवार्ता भएको छ। राष्ट्रसंघ मुख्यालयमा भएको उक्त द्विपक्षीय भेटमा नेपाल र ईयूबीचको बहुआयामिक साझेदारी तथा सहकार्यका विषयमा छलफल भएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले हालै भोटेकोशीमा आएको बाढीका कारण नेपालले व्यहोर्नुपरेको कठिन स्थितिप्रति ईयूका तर्फबाट प्रकट गरिएको संवेदना र ऐक्यबद्धताका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारण सिर्जित उक्त प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनरुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ लैजाने विषयमा दुवै पक्षबीच सकारात्मक कुराकानी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)