नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
ajakoartha.com · Tue Sep 22 03:05:00 GMT 2026

नेपालगन्ज - भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको छ । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ। नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापाका अनुसार पहाडको तरकारीले नेपालगन्जको बजार धानेको छ ।
उनका अनुसार, जेठदेखि मङ्सिरसम्मको अवधिमा स्थानीय बजारमा खपत हुने कुल तरकारीमध्ये करिब ८० प्रतिशत तरकारी सल्यान, रुकुम, रोल्पा र दाङलगायतका छिमेकी पहाडी तथा भित्री मधेसका जिल्लामा उत्पादन भएको हुन्छ। बाँकी २० प्रतिशत मात्र भारतीय तथा अन्य क्षेत्रबाट आउने तरकारीले बजारको माग धान्ने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)