अर्थमन्त्रीको सचिवालयले भन्यो : विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्नेबारे कुनै सहमति भएको छैन
nagariknews.nagariknetwork.com · Tue Sep 22 03:12:09 GMT 2026

विद्युत् महसुलमा भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर भएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाउँदै स्पष्टीकरण दिएको छ।
अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले विज्ञप्तिमार्फत प्रचार गरिएजस्तो अर्थमन्त्री वाग्लेले विद्युत्को भ्याट छुट फिर्ता गर्ने विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)