मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकदर्शन रेग्मीलाई पदैपद, मुख्यसचिवपछि राजदूत, अहिले फेरि राजदूत

barnanmedia.com · Fri Jun 21 23:23:21 UTC 2024

लोकदर्शन रेग्मी सचिवबाटै अवकाशमा जाँदै थिए। तर, राजनीतिक दल दाहिने बनेपछि उनी मुख्यसचिव भए। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अवकास पाएपछि रेग्मी ०७४ कात्तिकमा मुख्य सचिव नियुक्त भएका थिए। यसअघि रेग्मी गृह सचिव थिए। मन्त्रिपरिषद्को बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाउँदै रेग्मीलाई मुख्यसचिवमा बढुवा गरेको थियो।

पछि रेग्मीले सचिव चन्द्र घिमिरेलाई मुख्य सचिव हुनबाट रोकेका थिए। रेग्मीले परराष्ट्रका तत्कालीन सचिव शंकरदास वैरागीलाई सेटिङमा मुख्य सचिव बनाएका थिए। रेग्मी र बैरागीको सेटिङका कारण घिमिरे सचिवबाट घर गए। मुख्यसचिवको कल्पना नै नगरेका बैरागी मुख्यसचिव बनेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)