खैरो हेरोइनसहित दुई युवक पक्राउ
barnanmedia.com · Tue Sep 22 03:14:56 GMT 2026

कञ्चनपुरबाट १५ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ वाणीका ३१ वर्षीय हेमराज जोशी र भीमदत्त नगरपालिका–६ ऐठपुरका ४२ वर्षीय महेशप्रसाद भट्ट रहेका छन् ।
भीमदत्त नगरपालिका–१० गज्जरस्थित गौरीशंकर मन्दिरबाट उनीहरू दुवै जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट १५ दशमलव ६७ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)