डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
swasthyakhabar.com · Tue Sep 22 03:21:00 GMT 2026

काठमाडौं- स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेलले जिम्मेवारी पाएका छन्। डा पौडेललाई स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्।
डा पौडेलले सोमबार निमित्त महानिर्देशकको जिम्मेवारी पाएका हुन्। उनले आज मंगलबार आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने छन्। डा पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)