नजिकिँदै दसैँ–तिहार, चङ्गा पसलमा चहलपहल (तस्बिरहरू)
ratopati.com · Tue Sep 22 03:34:06 GMT 2026

काठमाडौँ । असोजको सुरुवातसँगै बजारमा दसैँमा खपत हुने वस्तुको व्यापारको समय आएको छ । खाद्यान्न, लत्ताकपडाबाहेक दसैँ–तिहारको समयमा उच्च माग हुने चङ्गा पनि बजारमा देखिन थालेका छन् ।
विशेषगरी काठमाडौँ उपत्यकाका विभिन्न बजारमा रंगीचंगी चङ्गा, लट्टाई र धागो बिक्रीमा राखिएका छन् । मूल्य सोधपुछ गर्ने र खरिद गर्नेको चहलपहल चङ्गा पसलमा देखिन थालेको छ । दसैँको समयमा परिवार तथा साथीभाइसँग चङ्गा उडाउने पुरानो परम्परा रहेकाले यो समयमा चङ्गाको माग बढ्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)