नेकपाको कार्यसंयोजन समितिको बैठक बस्दै
kendrabindu.com · Tue Sep 22 03:33:29 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक मंगलबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक संगठन र मुलुकको पछिल्लो समसामयिक विषयमा छलफल गर्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकमा रसुवा तथा भोटेकोसी क्षेत्रमा गएको बाढीपहिरोपछिको अवस्था, पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले गरेका कामको समीक्षा गरिनेछ । साथै प्रभावित क्षेत्रमा थप राहत र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउँदै सुझावपत्र बुझाउने तयारीसमेत पार्टीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)