केयरगिभर प्रमाणपत्रमाथि विभागको छानबिन, नक्कली भेटिए कारबाही हुने
onlinekhabar.com · Sun Jun 28 06:06:55 GMT 2026

१४ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि आवेदन दिएका केयरगिभरहरूको तालिम प्रमाणपत्रमाथि छानबिन गरिरहेको छ । तालिम नलिइ प्रमाणपत्र बनाउने तथा पैसा लिएर नक्कली प्रमाणपत्र बिक्री गर्ने गरिएको गुनासो आएपछि विभागले प्रमाणपत्रको सत्यता परीक्षण थालेको हो ।
इजरायलले २ हजार २ सय नेपाली केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । आवेदन प्रक्रियामा सहभागी हुन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी–वान’ तह उत्तीर्ण अनिवार्य गरिएको थियो । उक्त परीक्षामा १५ हजार ६ सय २६ जनाले सहभागिता जनाए पनि १ हजार २ सय ३१ जना मात्र उत्तीर्ण भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)