साउने सोमबारको आरती, पशुपतिमा झुम्मिए भक्तजन
pahilopost.com · Mon Jul 18 16:56:48 GMT 2022
साउनको पहिलो सोमबार। हिन्दु परम्परामा साउनको हरेक सोमबारको विशेष महत्त्व हुने गर्छ। सात्त्विक खानपान र हरियालीको महिनाका रूपमा यस दिनलाई मनाइने गरिन्छ। सोमबार श्रद्धालुहरू पशुपति मन्दिरलगायतका देवालयमा पुग्छन्। साउनको सोमबार शिवको पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारका दिन शिवको व्रत पूजा विशेष फलदायी हुने विश्वास पनि गरिन्छ।
साउने सोमबारको पहिलो दिन पशुपति परिसरमा आरतीको पनि विशेष जमघट भएको छ। साँझको समयमा भक्तजनको अन्य दिनभन्दा उपस्थिति बाक्लो थियो। आरती नियमित भए पनि सोमबार थप विशेष हुने गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)