यमनमा बढ्यो मानवीय असुरक्षा, १ लाख ३० हजार विस्थापित
himalpress.com · Tue Sep 22 03:48:18 GMT 2026

यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट करिब १ लाख ३० हजार मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार विस्थापितमध्ये धेरै जना पटक–पटक आफ्नो घर छाड्न बाध्य भएका छन्।