मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काँक्रेविहार हाफ म्याराथनको उपाधि पार्कीलाई

barnanmedia.com · Sat Jun 22 00:00:20 UTC 2024

काँक्रेविहार हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका गोपिचन्द्र पार्कीले जिते । विश्व ओलम्पिक डेका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटरको हाफ म्याराथनमा उनले निर्धारित दूरी एक घण्टा नौ मिनेट १९ सेकन्डमा पूरा गरे ।

यस्तै एक घण्टा नौ मिनेट २४ सकेन्डमा दौड पूरा गरेका राजन रोकाय दोेस्रो भए । तेस्रो भएका रामजी बस्नेतले उक्त दौड एक घण्टा नौ मिनेट ४० सेकेन्डमा पूरा गरेका थिए । विजयी खेलाडीले क्रमशः रु एक लाख, रु ५० हजार र रु ३० हजार पुरस्कार प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)