मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार

barnanmedia.com · Sat Jul 13 22:10:59 UTC 2024

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार गरेका छन् ।

शुक्लाले शनिबार बीसीसीआई वा सरकारले यसबारे हालसम्म कुनै निर्णय नगरेको बताए । द प्रिन्टसँगको टेलिफोन कुराकानीमा शुक्लाले यस्तो बताएका हुन् । केही समाचारले अर्को वर्ष फेब्रुअरीमा सुरु हुने यस प्रतियोगितामा भारतीय टोली सहभागी नहुने दाबी गरेका थिए । साथै, बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई भारतका खेलहरू तटस्थ स्थानमा राख्न आग्रह गरेको समाचारसमेत प्रकाशित भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)