रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छाडे
barnanmedia.com · Sat Jul 13 22:14:08 UTC 2024
रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छाडेका छन् । अस्ट्रेलियाका पूर्वकप्तानले आईपीएल २०२५ अगाडिको मेगा लिलामी अघि नै फ्रान्चाइजीसँगको आफ्नो सात वर्षको सम्बन्ध अन्त्य गरेका हुन् ।
दिल्लीले अपेक्षित नतिजा हासिल गर्न असफल भएपछि मालिकहरूले नयाँ प्रशिक्षकसँग अगाडि बढ्ने निर्णय गरेको बताइएको छ। पोन्टिङले सन् २०१८ मा दिल्लीको मुख्य प्रशिक्षकको रूपमा पदभार ग्रहण गरेका थिए, जब टोलीलाई दिल्ली डेयरडेभिल्स भनिन्थ्यो । उनी दिल्लीसँग सात आईपीएल सिजनहरूको हिस्सा रहे । आफ्नो पहिलो सिजन प्रशिक्षकको रूपमा उनले लिगमा अन्तिम स्थानमा चित्त बुझाउनु परेको थियो । तर त्यसपछि सन् २०१९, २०२० र २०२१ मा टोली प्लेअफका लागि छनोट भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)