मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्चीको पानी तत्काल बन्द नहुने

gorkhapatraonline.com · Sat Jun 22 00:10:18 UTC 2024

काठमाडौँ, असार ८ गते । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण तत्काल बन्द नहुने भएको छ । यसअघि बाढीपहिरोको जोखिमका कारण सिन्धुपाल्चोकको अम्बाथानस्थित आयोजनाको सुरुङको मूलद्वार शुक्रबारदेखि बन्द गर्ने भनिएको थियो तर मुहान क्षेत्रमा पानी नपरेको र खोलाको पानी सफा नै रहेकाले तत्काल सुरुङ बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मेलम्ची खोलाको ‘क्लोज मोनिटरिङ’ तथा विशेष सावधानीसहित अहिले सुरुङमा पानी पथान्तरण गरिँदै आएको बताउँदै ठुलो वर्षा नहुँदासम्म पानी बन्द नगर्ने स्पष्ट पार्नुभयो । यसअघि खानेपानी मन्त्रालयले जेठ ३१ गतेदेखि नै सुरुङको मूलद्वार बन्द गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)