काम लागेन ह्यारी ब्रूकको आक्रामक इनिङ, रोमाञ्चक खेलमा दक्षिण अफ्रीकासंग इङ्ल्याण्ड पराजित
kalakarmi.com · Sat Jun 22 00:13:20 UTC 2024
सेन्ट लुसिया– आईसीसी पुरुष टी२० विश्वकप २०२४ मा सुपर ८ को लडाईँ जारी छ । यो चरणमा शुक्रवार राति सेन्ट लुसियास्थित ग्रास आइलेसको डेरी सेमी नेशनल क्रिकेट स्टेडियममा दक्षिण अफ्रीका तथा इङ्ल्याण्डबीच एउटा रोमाञ्चक प्रतिस्पर्धा सम्पन्न भयो ।
यो खेलमा दक्षिण अफ्रीकाले सात रनको रोमाञ्चक जीत हासिल गरेको छ । प्रतिस्पर्धामा इङ्ल्याण्डलाई जीतका लागि १६४ रनका लक्ष्य प्राप्त भएको थियो, तर यो टीमले २० ओभरमा छ विकेटको क्षतिमा १५६ रनमात्र बनाउन सफल भयो । जारी विश्वकपमा दक्षिण अफ्रीकाको यो लगाता छैठौं जीत हो । सुपर ८ मा भने दक्षिण अफ्रीकाको यो दोस्रो जीत हो । दक्षिण अफ्रीकाले यसअघि सुपर ८ चरणको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो । अर्कोतिर इङ्ल्याण्डको सुपर ८ मा यो पहिला हार हो । इङ्ल्याण्डले पहिलो खेलमा वेस्ट इन्डीजलाई पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)