यार्चाको आस, सामलको नाश
ekantipur.com · Sat Jun 22 00:12:09 UTC 2024

बझाङ र सुर्खेत — सुर्मा गाउँपालिका–१ बिछाडाका भीम बोहरा परिवारसहित वैशाख १५ को उपनिर्वाचनमा मतदान गरेर भोलिपल्टै ठाडे लेकतर्फ हिँडेका थिए । एक दिन पैदल दूरीको ठाडे लेकमा उनको परिवार २० वर्षदेखि यार्चा टिप्दै आएको छ । प्रत्येक वर्ष वैशाखदेखि असारसम्म परिवारै यही लेकमा बसेर यार्चा खोज्छ । यस वर्ष पनि आमाबुवा, भाइ, श्रीमती र ६ महिनाकी छोरीसहित ठाडे पुगेको उनको ८ जनाको परिवार असारै नपर्खी जेठ २२ मै फर्कियो ।
‘किरा नै पाइँदैन, खालि त्यहाँ बसेर के गर्ने ? हामी मात्रै होइन, अरू पनि जेठमै फर्किसके,’ उनले भने, ‘परिवारमा धेरै जना हुनेले खाएको खर्च उठ्ने जति किरा पाए होलान्, कतिपयले त उल्टै ऋण बोकेर फर्केका छन् ।’ खर्च–लगानीसमेत उठ्ने गरी यार्चा नपाएका कारण धेरैजसो ऋणमा डुबेको उनले सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)