घान्द्रुकलाई पोखरासँग जोड्ने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रूपमा सन्चालनमा
himalpress.com · Tue Sep 22 04:05:46 GMT 2026

कास्की- मोदी खोला र किम्रुङ खोला क्षेत्रमा पटक–पटक आएको बाढीका कारण अवरुद्ध भएको नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकमा पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित चर्चित पर्यटकीयस्थल घान्द्रुकलाई पोखरासँग जोड्ने यस सडक गत साउन २८ गतेदेखि अवरुद्ध भएको थियो । सडकको सोमबार साँझ प्रारम्भिक पुनर्निर्माण तथा मर्मत सम्पन्न भएसँगै आज बिहानदेखि पूर्ण रुपमा यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)