जलवायु परिवर्तनका विषयमा सहकार्य गर्नुपर्नेमा नेपाल र भुटानको जोड
annapurnapost.com · Tue Sep 22 04:03:16 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१ औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका छलफल भएको खनालको सचिवालयले जनाएको छ।
भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जलवायु परिवर्तनका कारण बढ्दो आवृत्ति र तीव्रताका प्राकृतिक विपद्का विषयमा समेत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)