वालेनकालमा पनि सुध्रिएन वायुसेवा निगम
nepalnews.com · Tue Sep 22 04:15:44 GMT 2026

२४ साउन (९ अगस्ट)मा इटाली पुर्याइएको नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० मकालु डेढ महिना पुग्दासमेत नेपाल आउन सकेको छैन। उक्त जहाज सी-चेक मर्मतका लागि इटालीको एटिटेक कम्पनीमा लगिएको थियो। निगमका अधिकारीहरूका अनुसार साधारणतया सी-चेक करिब २० दिनमा सकिने मर्मत हो।
निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार उक्त जहाज १५ भदौ (३१ अगस्ट)मा नेपाल आइपुग्नुपर्ने थियो। तर जहाज अहिलेसम्म इटालीमै छ। “जहाज ठ्याक्कै यही दिन आउँछ भन्न त सकिन्न, तर अबको एक सातापछि जहाज ल्याउने प्रक्रिया अघि बढ्छ,” पुन भन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)