अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा
ratopati.com · Tue Sep 22 04:21:07 GMT 2026

सर्लाही । नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा यहाँस्थित हरिपुर्वाबाट पनि सुरुआत भएको छ ।
हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो । सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)