किन विदेशिंदै छन् नेपाली चिकित्सक ?
onlinekhabar.com · Tue Sep 22 04:20:53 GMT 2026

विदेशमा राम्रो अवसर र सहज जीवनको खोजीमा नेपाली चिकित्सकहरू पलायन भइरहेको चर्चा व्यापक छ। तर नजरअन्दाज गरिने तथ्य के हो भने- विदेशमा चिकित्सकका रूपमा स्थापित हुने यात्रा त्यति सहज छैन। अध्ययनले डाक्टर भए पनि वैदेशिक परिस्थितिले पुनः सङ्घर्ष गर्नुपर्ने हुन्छ। किनभने एउटा चिकित्सक डिग्रीसँगै विदेश त आइपुग्छ, तर उसको डिग्रीको मान्यता दुरुस्तै आउँदैन।
नेपालमा चिकित्सा अभ्यासको इतिहास निकै पुरानो छ। परम्परागत चिकित्सा प्रणाली आयुर्वेददेखि धामी–झाँक्री, पण्डित–लामा, गुभाजु–पुजारी र ज्योतिषीसम्मका परम्परागत उपचार पद्धति नेपाली समाजमा शताब्दीयौंदेखि अभ्यास हुँदै आएका छन्। आधुनिक चिकित्साको इतिहास हेर्दा सन् १७६६/६७ मा राजा पृथ्वीनारायण शाहको कीर्तिपुर घेराबन्दीका क्रममा उनका भाइ शूरप्रतापको घाउ माइकल एन्जेलो नामक क्यापुचिन भिक्षुले उपचार गरेको प्रसङ्ग पाइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)