एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन : राजनीतिक प्रतिवेदनमाथि सदस्यले धारणा राख्ने
annapurnapost.com · Tue Sep 22 04:18:50 GMT 2026

काठमाडौं : नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन बैठक सुरु हुँदैछ। पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ ।
उनका अनुसार हरेक केन्द्रीय सदस्यले बढीमा ३ मिनेटमा पार्टी, अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)