२०औँ एसियाली खेलकुद : पौडीमा पदक जित्ने आर्याको सम्भावना सकियो
lokaantar.com
जापानको आईची-नागोयामा जारी एसियाली खेलकुद प्रतियोगिताको पौडीमा नेपाली खेलाडी आर्या महर्जनको पदक जित्ने सम्भावना सकिएको छ । आर्या मंगलबार सम्पन्न महिला एक सय मिटर फ्रिस्टाइल स्पर्धाको हिट चरणबाटै बाहिरिन पुगिन् । कुल १० खेलाडीको सहभागिता रहेको आफ्नो हिटमा उनी नवौँ स्थानमा रहिन् ।
उनले निर्धारित दूरी पार गर्न एक मिनेट ०४.३५ सेकेन्ड समय खर्चिइन् । यसअघि, सोमबार उनी महिला ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)