मुस्ताङमा खिचिएको ‘द विट्नेस अफ यारा’ ले जित्यो इटालीमा ‘वेस्ट सर्ट डकुमेन्ट्री’को अवार्ड
kendrabindu.com · Tue Sep 22 04:32:15 GMT 2026

काठमाडौं । नेपाली डकुमेन्ट्री ‘द विट्नेस अफ यारा’ ले इटालीमा आयोजित एक प्रतिष्ठित चलचित्र महोत्सवमा ‘वेस्ट सर्ट डकुमेन्ट्री’को अवार्ड जितेको छ । आभाष रिजालद्वारा निर्देशित यस डकुमेन्ट्रीले इटालीको ट्रेन्टोमा सम्पन्न ‘२९ औं रिलिजन टुडे फिल्म फेस्टिभल’ मा उक्त सफलता हासिल गरेको हो ।
करिब ३ हजार ८ सय मिटरको उच्च हिमाली भेगमा पर्ने उपल्लो मुस्तांगमा छायांकन गरिएको १५ मिनेट २९ सेकेन्ड लामो यस डकुमेन्ट्रीले नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई एक युवतीको दृष्टिकोणबाट प्रस्तुत गरेको छ । यस डकुमेन्ट्रीले बदलिँदो जलवायुले त्यहाँको प्राकृतिक वातावरणका साथै सांस्कृतिक र सामाजिक जीवनलाई कसरी बदलिरहेको छ भन्ने कुराको खोजी गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)