एघार वटा वडा कार्यालयका भवन बन्न बाँकी
gorkhapatraonline.com · Tue Sep 22 03:39:19 GMT 2026

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी रहेका छन् । तीमध्ये केही वडाका कार्यालय यसै वर्ष निर्माण सुरु गर्ने तयारी छ भने केहीमा जग्गा व्यवस्थापन हुन नसक्दा भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।
जिल्लामा छ वटा वडाका भवन नै छैन । बागचौर नगरपालिकाका १२ वडामध्ये वडा नं. ४ को भवन बन्न बाँकी छ । नगरप्रमुख जनकराज गौतमले वडाबाट आवश्यक फाइल आउन नसकेकाले निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँका अनुसार पहिलो कार्यकालमा तीन वटा भवन निर्माण भएका थिए भने बाँकी भवन आफूहरूको दोस्रो कार्यकालमा निर्माण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)