विद्युत् वितरण केन्द्र प्रमुखको नम्बर सार्वजनिक
gorkhapatraonline.com · Tue Sep 22 04:18:40 GMT 2026

नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जले सेवाग्राहीलाई विद्युत् सेवा लिन सहज होस् भन्ने उद्देश्यले मातहतका १० वटै वितरण केन्द्रका प्रमुखको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । डिभिजन कार्यालयले वितरण केन्द्र प्रमुख तथा लुम्बिनी प्रदेश डिभिजन प्रमुखको सम्पर्क नम्बर समावेश गरी सूचनामूलक ब्यानर तयार गरेर सबै वितरण केन्द्रमा टाँसिएको जनाएको छ ।
वितरण केन्द्र तथा उपवितरण केन्द्रबाट प्रदान हुने सेवा, लाइन विस्तार, नयाँ मिटर तथा लाइन जडान, क्षमता वृद्धि, नामसारी, मिटर परिवर्तनलगायत ग्राहक सेवासम्बन्धी कामका लागि सेवाग्राहीले सम्बन्धित केन्द्रका प्रमुखसँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)