दलित विधेयकमाथि सुझाव सङ्कलन
gorkhapatraonline.com · Tue Sep 22 03:35:14 GMT 2026

सङ्घीय सरकारको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको दलित अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सुर्खेतमा विभिन्न सुझाव दिइएको छ । सोमबार दलित महिला सङ्घ सुर्खेतले अगुवाइ गरेको सुझाव सङ्कलन कार्यक्रममा सहभागी दलित अगुवाले विधेयकमा बाध्यकारी र गर्नैपर्ने शब्द तथा वाक्यांश राखेर विधेयक बलियो बनाउनुपर्ने सुझाव दिएका छन् । गरिने छ, अपनाइने छ, हुने छ जस्ता शब्दको सट्टा गर्नुपर्ने छ, अनाउनुपर्ने छ, हुने छ जस्ता बाध्यकारी शब्द राख्नुपर्ने उहाँहरूको भनाइ छ ।
विधेयकमा राखिएका छात्रवृत्तिसहित निःशुल्क शिक्षासम्बन्धी व्यवस्था, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था, परम्परागत पेसा, ज्ञान, सिप, प्रविधि र कलाको संरक्षण तथा विकास, भूमिहीन दलितलाई भूमि तथा आवाससम्बन्धी व्यवस्था, सेवा सुविधाको न्योचित वितरण, राष्ट्रिय दलित विकास प्राधिकरणसम्बन्धी व्यवस्थाले दलितको विकास तथा अधिकार प्राप्तिमा भूमिका खेल्ने भन्दै सराहना व्यक्त गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)