प्रसारण लाइन अन्तिम चरणमा
gorkhapatraonline.com · Tue Sep 22 04:43:53 GMT 2026

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक छविलाल गैरेले प्रसारण लाइन निर्माणसँगै आयोजनाका सबै संरचनाको काम निर्धारित समयभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको बताउनुभयो । प्रसारण लाइनका लागि आवश्यक वनक्षेत्र व्यवस्थापनको काम अघि बढेसँगै बाँकी निर्माण कार्यलाई गति दिन सहज भएको उहाँले बताउनुभयो ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन अन्तर्गत तनहुँतर्फ पर्ने सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)