एसियाली खेलकुदमा नेपालको कमजोर प्रदर्शन जारी, बक्सिङकी रमिशा पहिलो चरणमै पराजित
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी आइची-नागोया एसियाली खेलकुदमा नेपालको खराब लय जारी रहेको छ । सो क्रममा आज बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पनि पहिलो चरणमै पराजित भएकी छिन् । योसँगै नेपालबाट बक्सिङमा प्रतिस्पर्धा गर्ने सातमध्ये दुई खेलाडीको चुनौती समाप्त भएको छ ।
मंगलबार निसियो जिम्न्यासियमको रिङमा रमिशा भियतनामी मुक्केबाजसँग निरीह भइन् । ५१ केजी तौलसमूहको खेलमा उनी न्गुएन थी तामसँग ५–० ले पराजित भइन् । पाँचै निर्णायकले तीनै राउन्डमा भियतनामी खेलाडीको पक्षमा फैसला गरे ।