अर्थमा ४ जना सहसचिवको जिम्मेवारी हेरफेर,प्रमुख कर प्रशासक शर्माले दिए राजीनामा
arthasansar.com · Tue Sep 22 04:42:53 GMT 2026

अर्थ मन्त्रालयले चार सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले महाशाखा तथा मातहतका निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयका सहसचिव एवम बजेट महाशाखा प्रमुख रहेका सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सारिएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुखको पद केही समयदेखि रिक्त थियो । बजेट व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी भने भर्खरै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बास्तोलालाई दिइएको छ । यस्तै भर्खरै मात्रै कोशी प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)