मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण एसियाली फुटबलको दिन

ekantipur.com · Thu Oct 19 01:14:48 GMT 2023

काठमाडौँ — विश्वकप फुटबल छनोटको दोस्रो चरण पुग्ने टिम थियो, हङकङ । तर खुसीयाली छाइरहेको थियो, भुटानी टिममा । हङकङले पहिलो लेगको खेल ४–० ले जितेको थियो, त्यसैले भुटानलाई दोस्रो लेगमा कम्तीमा पाँच गोल गर्नु थियो । सिधा हिसाब त त्यही थियो ।

तर भुटान दोस्रो लेगमा २–० मात्र विजयी थियो तर पनि यो अपार खुसीका लागि पर्याप्त थियो । भुटानको फुटबल इतिहासकै यो यस्तो जित थियो, जसले देखाउँछ, यो देशको फुटबलस्तरको ग्राफ माथि चढिरहेको छ भनेर । थिम्पुमा भएको त्यस खेल हेर्न बेलायती धनाढ्य रिचर्ड ब्रासनन पनि थिम्पुको दर्शकदीर्घामै थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)