धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट काठ बरामद
gorkhapatraonline.com · Tue Sep 22 04:45:45 GMT 2026

डिभिजन वन कार्यालय धनुषाले मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमा छापा हानेर ठुलो परिमाणमा अवैध काठ बरामद गरेको छ । वन कार्यालयले सोमबार साँझ विश्वकर्मा चोक नजिकै रहेको कमला भेनियर उद्योगमा छापा हानेर ६७५ क्युफिट सिमल जातको काठ बरामद गरेको हो ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजनल वन अधिकृत विनोद सिंहका अनुसार उद्योग परिसरबाट ७८ थान सिमल जातको काठ बरामद गरिएको हो । बरामद काठको स्रोत तथा आयातसम्बन्धी आवश्यक कागजात उद्योग सञ्चालकले तत्काल देखाउन नसकेपछि काठ नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)