खोरतविरुद्ध खोप लगाइँदै
reportersnepal.com · Tue Sep 22 04:50:30 GMT 2026

भोजपुर, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले भोजपुरका नौवटै स्थानीय तहमा यही असोज ८ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)