आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
reportersnepal.com · Tue Sep 22 04:55:10 GMT 2026

दमौली (तनहुँ), ६ असोज । तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताका कारण आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको हो । वनलाई संरक्षणका क्षेत्रका रूपमा मात्रै नभई स्थानीय समुदायको आयआर्जन र रोजगारीका आधारका रूपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको रानाभाटले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)