हँसिया प्रहारबाट एक व्यक्ति गम्भीर घाइते
gorkhapatraonline.com · Tue Sep 22 04:57:40 GMT 2026

बागलुङमा हँसिया प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । सोमबार साँझ बागलुङ नगरपालिका–३ मा हँसिया प्रहारबाट सिन्धुपाल्चोक घर भएका सोमबहादुर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइते श्रेष्ठको धौलागिरि अस्पतालमा सामान्य उपचारपछि अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)