पाथीभरा सडकको दुरवस्था उस्तै
gorkhapatraonline.com · Tue Sep 22 04:58:28 GMT 2026

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको दुरवस्थामा सुधार आएको छैन । पाथीभरा क्षेत्रको तल्लोफेदी काफ्लेपाटीसम्म ट्र्याक छिचोलिएको डेढ दशकसम्म पनि सडकको दुरवस्था उस्तै छ । विसं २०६८ सालमा काफ्लेपाटीसम्म ट्र्याक छिचोलिएको र कुनै समय एकै दिन हजारौँ सवारीसाधन गुढ्ने गर्थे । सडकको स्तरोन्नतिमा ध्यान नदिँदा असहज भएको छ ।
हालसम्म सडक स्तरोन्नति तथा स्तरवृद्धि गर्ने कामको जिम्मा लिने निर्माण व्यवसायीको लापर्बाही र नियामक निकायको फितलो उपस्थितिले सडकको अवस्थामा सुधार आउन नसकेको हो । डेढ दशकअघि ट्र्याक निर्माण भएदेखि नै पाथीभरा सडकको दुरवस्था कायम रहँदा सबैभन्दा बढी तीर्थयात्रुलाई सास्ती भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)