विमानस्थलको परम्परागत प्रोटोकल तोड्दै प्रधानमन्त्री, औपचारिक विदाई समारोह र गार्ड अफ अनर नहुने
kendrabindu.com · Tue Sep 22 04:58:53 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने पुरानो परम्परा तोड्ने भएका छन्। प्रधानमन्त्रीका सहयोगी तथा परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोह आयोजना गरिने छैन।
विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम आयोजना हुने गरेको थियो। त्यहाँ मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरू प्रधानमन्त्रीलाई बिदाइ गर्न पुग्थे। नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)