भारतमा प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्ने क्रममा राहुल गान्धीसहित विपक्षी नेताहरू पक्राउ
shilapatra.com · Tue Jul 21 15:30:43 GMT 2026

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा सांसद राहुल गान्धीसहित विपक्षी दलका विभिन्न नेताहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास रहेको लोक कल्याण मार्गअगाडि धर्ना र प्रदर्शनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
सोमबारको प्रदर्शनमा विद्यार्थीहरूमाथि सरकारले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेसहितका वरिष्ठ नेताहरूले प्रधानमन्त्री निवासतर्फ सोजिएका थिए । प्रदर्शनमा सहभागी समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव, सांसद डिम्पल यादवलगायतका नेताहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)