भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिटको तोकियो पेसी, के आज छुट्लान्?
himalpress.com · Tue Sep 22 05:08:28 GMT 2026

काठमाडौँ- राजनीतिक विश्लेषक भरत दाहालको बन्दीप्रत्यक्षीकरण सम्बन्धी रिटमा सुनुवाइको पेसी तोकिएको छ। उनलाई रिहाइको माग गर्दै छोरी डेनिकाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
युट्युब च्यानलमार्फत नेताहरूको भ्रामक प्रचार गरेको अभियोगमा उनलाई सीआईबीले नियन्त्रणमा लिएको थियो। यदि आज सर्वाेच्च अदालतले रिट खारेज गरेमा उनी छुट्ने छन्। उक्त रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)