धरानमा फेरि गुञ्जिँदैछ ९० दशकको संगीत
kalakarmi.com · Tue Sep 22 05:11:04 GMT 2026

धरान– धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ । ९० को दशकमा धरानमा जन्मिएका तथा लोकप्रिय बनेका विभिन्न ब्याण्ड तथा कलाकारका लोकप्रिय गीतहरूलाई समेटेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो ।
सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आगामी असोज २० गते धरानस्थित भिन्टेज बार एण्ड क्लबमा विशेष सांगीतिक कार्यक्रम ‘नाइनटिज धरानेज लाइभ कन्सर्ट’ आयोजना हुने भएको छ । कार्यक्रममा धरानको ९० दशकको सांगीतिक पुस्ताका चर्चित कलाकारहरू सञ्जीव लामा (मिक्स मेलोडी ब्याण्ड), मनोज मोते (जेलर्स ब्याण्ड), दिलु राई (ओझेल ब्याण्ड) र रोहित मास्केको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)