इस्टर हमला मुद्दाको फैसला हुँदै
barnanmedia.com · Tue Sep 22 05:05:25 GMT 2026

श्रीलङ्काको इतिहासकै घातक आक्रमण मानिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटसम्बन्धी मुद्दामा मङ्गलबार फैसला सुनाइँदैछ । आत्मघाती बम विस्फोटमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध चलेको मुद्दामा कोलम्बो उच्च अदालतले फैसला सुनाउने भएको हो ।
सन् २०१९ अप्रिल २१ मा तीन होटल र तीन चर्चमा भएका आत्मघाती विस्फोटमा ४५ विदेशी नागरिकसहित २७९ जनाको मृत्यु भएको थियो । घरेलु इस्लामवादी अतिवादी समूहलाई आक्रमणको जिम्मेवार ठहर गरिएको छ । पच्चीस अभियुक्तमध्ये एक जनाको हिरासतमै मृत्यु भएपछि २४ जनामाथि मुद्दा चलिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)