साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल रक्षात्मक हुन बाध्य
ekagaj.com · Fri Oct 01 16:56:48 GMT 2021
काठमाडौँ- साफ च्याम्पियनसिपको पहिलो दिनको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिडिरहेका छन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपाल रक्षात्मक देखिएको छ ।
खेलको सुरुवातबाटै घरेलु टिम हाबी भएको छ । बल पोसेसनमा बलियो देखिएको माल्दिभ्सले निरन्तर आक्रामण बुन्यो । ६४ प्रतिशत बल पोसेसन राखेको माल्दिभ्सका आक्रमण नेपाली रक्षापंक्तिले निस्तेज पा¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)