घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
canadanepal.com · Tue Sep 22 05:23:48 GMT 2026

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)