मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जोर्तेमा पहिरो खस्दा पाल्पा-गुल्मी सडक अवरुद्ध

ekantipur.com · Thu Oct 06 01:00:23 GMT 2022

पाल्पा — अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक बिहीबार बिहानैदेखि अवरुद्ध भएको छ । पाल्पा-गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका-२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रेम कार्कीले जानकारी दिए ।

जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडै खसेको भन्ने जानकारी आएको उनले बताए । सडक डिभिजनको डोजर तानसेन-रिडी सडककै सम्मोबारीमा रहेको छ । सडक डिभिजनसँग समन्वय गरेर डोजर पठाउन लागिएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)