१० कक्षाका आधा विद्यार्थी 'कमजोर’
ekantipur.com · Sat Aug 21 01:11:28 GMT 2021
काठमाडौँ — कक्षा १० मा पढ्ने आधा विद्यार्थीको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयमा गरेको अध्ययनमा ५० प्रतिशत विद्यार्थीले पाठ्यक्रममा रहेका विषयवस्तुको न्यून सिकाइसमेत हासिल गर्न नसकेको भेटिएको हो ।
केन्द्रले कक्षा १० को विज्ञान, अंग्रेजी, गणित र नेपाली विषयको सिकाइ स्तरको मापन गरेको थियो । यी चार विषयमा औसत सिकाइ स्तर ५० प्रतिशतमात्रै रहेको केन्द्रका महानिर्देशक शिवप्रसाद सापकोटाले जानकारी दिए । अध्ययनका क्रममा विज्ञान विषयमा सबैभन्दा बढी विद्यार्थी कमजोर रहेको पाइएको छ । त्यसपछि क्रमशः अंग्रेजी, गणित र नेपाली विषयमा विद्यार्थी कमजोर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)